काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक १.३० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.१४ प्रतिशतले घटेको छ।
आज बजारमा ७२ कम्पनीको शेयरभाउ बढेको छ भने २०१ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजार आज साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













