काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालको २ करोड ५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो असोज २ गतेबाट संस्थापक र कर्मचारीको गरी कुल २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। जसमा संस्थापकको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीको ५८ हजार ५०० कित्ता शेयर रहेको छ।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने शेयर रोक्का रहनेछ।












