IME Life New

निर्जीवन बीमकको खुद व्यापार १९ अर्ब ६३ करोड माथि, दुई कम्पनीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६३ करोड रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस समीक्षा अवधिमा १९ अर्ब ६३ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १८ अर्ब ५ करोड ४७ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनहिरुको खुद बीमाशुल्क संकलन ८ दशमलव ७७ प्रतिशतले बढी हो ।

यस समीक्षा वर्षमा सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशमलव ७२ प्रतिशतले बढी हो ।

Esewa
Crest

दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस समीक्षा अवधिमा २ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ दशमलव ७४ प्रतिशतले बढी हो । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस समीक्षा अवधिमा २ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २ दशमलव ९२ प्रतिशतले बढी हो ।

यस समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशमलव ६४ प्रतिशतले बढी हो । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २ दशमलव १० प्रतिशतले बढी हो । ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बढी हो ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ दशमलव ६८ प्रतिशतले बढी हो । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ दशमलव ९० प्रतिशतले बढी हो । एनएलजी इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७ दशमलव ९९ प्रतिशतले बढी हो । नेपाल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको

यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले बढी हो ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९प्रतिशतले बढी हो । प्रभु इनस्योरेन्सले ६९ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले बढी हो ।

दुई कम्पनीको खुद बीमाशुल्क घट्यो
यस समीक्षा वर्षमा नेशनल इन्स्योरेन्सले ५६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनकिो खुद बीमाशुल्क आर्जन १२ प्रतिशतले घटेको हो ।

राष्ट्रिय बीमा कम्पनीले २३ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले कमी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS