IME Life New

लाभांश पारित गर्न कुमारी क्यापिटलले डाक्यो भदौ २४ गते साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा भदौ २४ गते बुधबार गर्ने भएको छ । सभा क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, काठमाडौंमा साँझ ५ः३० बजे संचालन गर्ने जनाइएको छ । क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको ८६ औं बैठकको निर्णयानुसार सभाको मिति तय भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफानोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि चुक्ता पूँजीको १२.२५ का दरले हुन आउने लाभांश कर सहित रु.४,९०,००,००० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS