IME Life New

भदौका लागि बैंकहरुले के गरे ब्याजदर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले आज एक सूचना जारी गर्दै भदौका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ।

हालसम्म प्राप्त १७ वटा वाणिज्य बैंकमध्ये ५ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटेका छन् भने १२ वटाले स्थिर राखेका छन्। ब्याजदर घटाउनेमा सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल एसबीआई र नेपाल बैंक छन्।

Esewa
Crest

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर सिटिजन्सले घटाएर ३.८५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ३.८० प्रतिशत, सिद्धार्थले ३.७६ प्रतिशत, एसबीआईले ४ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत कायम गरेका छन्। यसअघि साउनमा सिटिजन्सले ३.९५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ३.८५ प्रतिशत, सिद्धार्थले ४.०५ प्रतिशत, एसबीआईले ४.१० प्रतिशत र नेपाल बैंकले ४.२५ प्रतिशत दिएका थिए।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा कृषि विकास, एभरेष्ट, माछापुच्छ्रे, नबिल एनएमबि, प्राइम कमर्सियल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंक छन्। यी बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्।

साउनमा कृषि विकासले ४.१५ प्रतिशत, एभरेष्टले ४.०५ प्रतिशत, माछापुच्छ्रेले ४.५० प्रतिशत, नबिलले ४.५५ प्रतिशत, एनएमबिले ४.५० प्रतिशत, प्राइम कमर्सियलले ४ प्रतिशत, ग्लोबल आइएमईले ४ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत, एनआईसी एसियाले ४ प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, सानिमाले ४.५० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS