IME Life New

ब्याचलर्स इन टेक्नोलोजी विषयको प्रवेश परिक्षाको नतिजा एकैदिनमा प्रकाशित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालको लागी स्नातक तह सूचना प्रविधि विषय ब्याचलर्स इन टेक्नोलोजी (BIT) को प्रवेश परिक्षा एकै दिनमा सम्पन्न गरेर नतिजा समेत प्रकाशित गरेको छ।

ब्याचलर्स इन टेक्नोलोजी (BIT) विषयको प्रवेश परीक्षामा देशभरी ७५६ कोटाका लागी ३५८१ विद्यार्थीले प्रवेश परीक्षाका लागी आवेदन दिएकामध्ये ३२२३ जना विद्यार्थी उपस्थित भएका थिए । विज्ञान तथा प्रविधि अध्ययन संस्थानको उक्त शैक्षिक कार्यक्रम देशका १५ वटा त्रिविका आंगिक क्याम्पसहरुमा मात्रै उक्त विषय अध्ययन र अध्यापन हुँदै आइरहेको छ ।

Esewa
Crest

उपत्यकाका चारवटा क्याम्पसहरु पाटन संयुक्त क्याम्पसमा १०८ कोटा, भक्तपुर बहुमुखी क्याम्पसमा १०८, अमृत क्याम्पसमा ७२ र पद्यकन्या क्याम्पसमा ७२ कोटा रहेको छ । देशभरीका १४ वटा सेन्टर ९ उपत्यकाभित्र ३ र बाहिर ११० मा सञ्चालित स्नातकोत्तर तहको प्रवेश परिक्षामा अप्टिकल मार्क रिकग्निशन प्रणालीबाट उत्तरपुस्तिका परिक्षण गरी एकै दिनमा नतिजा प्रकाशन गरिएको त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले जानकारी दिए।

प्रवेश परिक्षालाई थप व्यवस्थित बनाउँदै गएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले मिति २०८३ साउन २४ गते सम्पन्न स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि  विषयको प्रवेश परीक्षाको नतिजा पनि एकै दिनमा प्रकाशन गर्न सफल भएको थियो । उक्त प्रवेश परिक्षामा ८ हजार २६ जना विद्यार्थीहरु सहभागी रहेको र अध्ययन संस्थानले कर्णाली प्रदेशमा आफ्नो कुनै शैक्षिक कार्यक्रमहरु नभएता पनि कर्णाली प्रदेशका विद्यार्थीहरुको सहजताका लागी सुर्खेतमा परीक्षा केन्द्र राखी प्रवेश परिक्षामा संलग्न कर्णालीका विद्यार्थीहरुलाई प्रोत्साहित गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. कोमलराज रिजालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS