IME Life New

हिमालयन लाइफको सामान्य बढ्यो व्यापार, जीवन बीमा कोष रु. ८९.४१ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ३१ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४१.९० प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी २ अर्ब १३ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १६.२१ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेको छ।

कम्पनीले गत आर्थिक वर्षमा १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.१७ प्रतिशतले बढेको छ।

शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.४८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.९८ रुपैयाँ थियो। पीई रेसियो ९२.५९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९३.३१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS