IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कुल व्यापार रु. ४.४५ अर्ब, ७१.४०%ले बढ्यो बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको ३२ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा ७५ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नाफा ५६.७५ प्रतिशतले घटेको छ।

Esewa
Crest

गत आर्थिक वर्षसम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५४ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षसम्म विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ९ अर्ब ६६ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमा कोषको आकार ७१.४० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब २८ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.९७ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा वर्षमा २ अर्ब १८ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब १२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क २.९२ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.६५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २६.९३ रुपैयाँ थियो। पीई रेसियो ६३.६३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६०.२६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS