IME Life New

एनएलजी इन्स्योरेन्सले बढायो व्यापार, बीमा कोष पौने ४ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६२.३१ प्रतिशतले घटेको छ।

Esewa
Crest

शेयर पुँजी २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा १३ करोड ८५ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ४२ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा कम्पनीको शेयर प्रिमियममा २७ करोड १९ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ६६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ थियो। बीमा कोषको आकार १४.७६ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३९.४७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षमा कम्पनीले ९८ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.१७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.९८ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.३६ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS