काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीका नाफा घटेको छ ।
२ अर्ब ३१ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा १ अर्ब ७ करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १४ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड ११ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५६ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८५ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५ दशमलव ४० प्रतिशतले बढेको हो ।
समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि ७ दशमलव ९० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ६२ करोड ३ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस सीमक्षा अवधिमा पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।
यस समीक्षा अवधिमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७३ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ०१ पैसा रहेको छ ।












