IME Life New

प्राथमिक पुँजीबजार सुधार नीति तयार, के छ रणनीतिक लक्ष्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट गठित प्राथिमक बजार सुधार सहजीकरण कार्यदल गठनले प्राथमिक पुँजीबजार सुधार नीति, २०८३ तयार गरी सार्वजनिक गरेको छ। नेपालको प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था गर्ने गरी बजारका सम्बद्ध पक्षहरु (मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि)को सहभागिता रहेको कार्यदलले पुँजीबजार सुधार नीति तयार पारेको हो।

नेपालको प्राथमिक पुँजीबजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउँदै उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम, हरित तथा दिगो विकास परियोजनाहरुका लागि दीर्घकालीन पुँजीको सहज उपलब्धता सुनिश्चित गर्नु तथा उच्चस्तरीय नियमन, सुशासन, पारदर्शिता र प्रविधिमा आधारित सार्वजनिक निष्काशन प्रणालीको विकास गर्ने गरी नीति तयार गरिएको छ। यो नीतिले नेपालको प्राथमिक पुँजीबजारलाई राष्ट्रिय आर्थिक विकासको प्रमुख वित्तीय स्रोतका रुपमा स्थापित गर्ने, सार्वजनिक निष्कासन प्रक्रियालाई पूर्णतः पारदर्शी, डिजिटल तथा समयबद्ध बनाउने, वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली कार्यान्वयन गर्ने, योग्य संस्थागत लगानीकर्ता तथा एंकर लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने, सार्वजनिक निष्कासनपश्चात प्राप्त पुँजीको प्रभावकारी उपयोग तथा अनुगमन प्रणाली विकास गर्ने, लगानीकर्ता संरक्षण तथा बजारप्रतिको विश्वास अभिवृद्धि गर्ने, एसएमई, प्रविधिमुखी, नवप्रवर्तनमुखी तथा उच्च वृद्धि भएका उद्यमहरुको पुँजीबजारमा पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्षम नियामकीय वातावरण निर्माण गर्ने र ईएसजी (इन्भारोमेन्ट, सोसल एन्ड गभर्नेन्स) र दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमिक रुपमा संस्थागत गरी नेपालको प्राथमिक पुँजीबजारलाई दक्षिण एसियाको प्रतिस्पर्धी तथा विश्वसनीय पुँजीबजारमध्ये एकका रुपमा विकास गर्ने रणनीतिक लक्ष्य लिएको छ।

Esewa
Crest

यो नीतिको कार्यान्वयनसँगै नेपालको प्राथमिक पुँजीबजार पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको भई राष्ट्रिय आर्थिक समृद्धिका लागि आवश्यक दीर्घकालीन पुँजी परिचालनको प्रमुख आधार निर्माण हुने धितोपत्र बोर्डको विश्वास छ।

IPO-Policy

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS