IME Life New

त्रिशक्ति सेक्युरिटिजले सुरु गर्यो ‘मार्जिन कारोबार सुविधा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले आफ्ना ग्राहकहरूका लागि औपचारिक रूपमा ‘मार्जिन कारोबार सुविधा’ सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त स्टक ब्रोकर कम्पनी त्रिशक्ति सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७५ र प्रचलित नियामकीय व्यवस्थाको परिधिभित्र रही मार्जिन कारोबार सुविधा सुरु गरेको हो ।

यस सुविधासँगै अब त्रिशक्ति सेक्युरिटिजका योग्य ग्राहकहरूले तोकिएको सीमाभित्र रहेर मार्जिनमा शेयर कारोबार गर्न पाउनेछन् । यो सुविधा प्राप्त गर्नका लागि लगानीकर्ताहरूले तोकिएको मापदण्ड र सर्तहरू पूरा गर्नुपर्नेछ । मार्जिन कारोबार सुविधा लिन इच्छुक ग्राहकहरूले आवश्यक प्रक्रिया पूरा गरी त्रिशक्ति सेक्युरिटिजको काठमाडौं, पुतलीसडकस्थित मुख्य कार्यालयका साथै देशभर रहेका शाखा कार्यालयहरूबाट सेवा लिन सक्नेछन् ।

Esewa
Crest

कम्पनीका शाखाहरू पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुरमा रहेका छन् । इच्छुक लगानीकर्ताले यी स्थानका शाखा कार्यालयमा सम्पर्क गरी मार्जिन कारोबार खाता खोल्न र सेवा लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS