काठमाडौं । हिजो पनि सामान्य बढेर बन्द भएको बजार आज पनि झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ० दशमलव ५५ अंकले बढेर २,६४२ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३ अर्ब ५३ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ६ लाख रुपैयााको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको १० करोड ९९लाख रुपैयााको शेयर कारोबार भएको छ ।













