काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बैंकले १ अर्ब ८१ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३०५.९६ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस हिसाबले बैंकले ३.०२ लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ११ अर्ब २३ करोड ५५ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि १०१.१० प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा बैंकले १२ अर्ब १ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ३.३७ प्रतिशतले घटेको छ।
चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७९ करोड १६ लाख रुपैयाँ र रिजर्भमा १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहँदा रिजर्भमा भने १४ अर्ब ७४ करोड ४ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा बैंकले ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.७४ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २८.१७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.९४ रुपैयाँमा सीमित थियो। पीई रेसियो ७.४५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ रहेको छ।












