काठमाडौं । आज नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । आरबीबीएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् ।













