IME Life New

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ११ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै अपर लोहोरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । आरबीबीएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९१ प्रतिशतका दरले गुमाउका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS