काठमाडौं । HONOR नेपालले नयाँ HONOR X5d Series र HONOR X6d सार्वजनिक गर्दै बजेट स्मार्टफोन प्रयोगकर्ताका लागि स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। साथै, बजेट स्मार्टफोन सेग्मेन्टमा पहिलोपटक ०% EMI सुविधा उपलब्ध गराउँदै अत्याधुनिक स्मार्टफोन प्रविधिलाई अझ सहज र सबैका लागि पहुँचयोग्य बनाएको छ। आकर्षक डिजाइन, उत्कृष्ट फिचर, भरपर्दो कार्यसम्पादन र लचिलो भुक्तानी सुविधासहित यी नयाँ स्मार्टफोनहरू कम बजेटमा उत्कृष्ट मूल्य खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हुन्।
HONOR X5d Series दैनिक प्रयोगका लागि भरपर्दो स्मार्टफोन अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो। यसमा रहेको ५,२६०mAh क्षमताको ठूलो ब्याट्रीले मनोरञ्जन, सामाजिक सञ्जाल, ब्राउजिङ तथा दैनिक कार्यका लागि दिनभरि पर्याप्त ब्याकअप प्रदान गर्छ। साथै, १५W फास्ट चार्जिङ सपोर्टसँगै १५W चार्जर बक्समै उपलब्ध भएकाले प्रयोगकर्ताले सुरुदेखि नै सहज चार्जिङ अनुभव पाउनेछन्।
फोटोग्राफी मन पराउने प्रयोगकर्ताका लागि HONOR X5d Series मा ५०MP रियर क्यामेरा उपलब्ध छ, जसले स्पष्ट, जीवन्त र उच्च गुणस्तरका तस्बिरहरू कैद गर्न सक्षम बनाउँछ। साथै, १२८GB सम्मको स्टोरेज भएकाले फोटो, भिडियो, एप्स तथा आवश्यक फाइलहरू सुरक्षित रूपमा भण्डारण गर्न पर्याप्त स्थान उपलब्ध हुन्छ।
दैनिक प्रयोगलाई अझ सहज बनाउन HONOR X5d मा ४GB + ६४GB र HONOR X5d Plus मा ४GB + १२८GB भेरियन्ट उपलब्ध छन्, जसले सहज मल्टिटास्किङ र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्छ। HONOR X5d को मूल्य रु. २५,४९९ र HONOR X5d Plus को मूल्य रु. २८,९९९ निर्धारण गरिएको छ।
यससँगै HONOR नेपाल ले HONOR X6d पनि सार्वजनिक गरेको छ, जुन बढी स्टोरेज र अझ प्रभावकारी दैनिक प्रयोग चाहने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो। २५६GB स्टोरेज सहित आउने यस स्मार्टफोनमा धेरै फोटो, भिडियो, मनोरञ्जन सामग्री तथा एप्स सजिलै भण्डारण गर्न सकिन्छ।
HONOR X6d मा ५,२६०mAh ब्याट्री र १५W चार्जिङ सुविधा रहेको छ, जसले दिनभरि भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्छ। साथै, ५०MP मुख्य क्यामेरा, MediaTek Dimensity 6300 प्रोसेसर, ६.७५ इन्च TFT LCD डिस्प्ले तथा ७.९ मिमी स्लिम डिजाइन यसका प्रमुख विशेषताहरू हुन्। HONOR X6d 5G (४GB + १२८GB) को मूल्य रु. २९,९९९ निर्धारण गरिएको छ।
यस सार्वजनिककरणको सबैभन्दा विशेष आकर्षण भनेको HONOR नेपालले बजेट स्मार्टफोनमा पहिलोपटक ०% EMI सुविधा उपलब्ध गराउनु हो। अब ग्राहकहरूले कुनै अतिरिक्त ब्याज बिना मासिक किस्तामा HONOR का उत्कृष्ट स्मार्टफोनहरू खरिद गर्न सक्नेछन्, जसले अत्याधुनिक प्रविधिलाई अझ किफायती र सबैका लागि सहज बनाउनेछ।
HONOR X5d Series र HONOR X6d को सार्वजनिककरणसँगै HONOR नेपालले नेपाली उपभोक्तालाई स्मार्ट, भरपर्दो र स्टाइलिस प्रविधि उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ। उत्कृष्ट स्पेसिफिकेसनसँगै लचिलो खरिद सुविधाको संयोजनले अब सबैलाई नवीनतम स्मार्टफोन प्रविधिको अनुभव लिन अझ सजिलो बनाएको छ।
HONOR X5d Series र HONOR X6d नेपालभरका सबै आधिकारिक HONOR रिटेल स्टोरहरूमा उपलब्ध छन्।












