काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई १५ बुँदे सुझाव दिएका छन्।
दिग्गज लगानीकर्ता रौनियारले सेबोन अध्यक्ष डा गोपाल भट्टलाई आज भेटेर शेयर बजार सुधारका लागि सुझाव दिएका हुन्। रौनियारले शेयर कारोबारमा पुँजीगत लाभकर घटाएर दीर्घकालीन (खरिद गरेको शेयर १ वर्षपछि बेच्दा)का लागि ५ प्रतिशतलाई घटाएर ४ प्रतिशत र अल्पकालीन (खरिद गरेको शेयर १ वर्षभन्दा अगावै बेच्दा) ७.५ प्रतिशतलाई घटाएर ६.५ प्रतिशत कायम गर्न सुझाव दिएका छन्। यसो गरेमा दैनिक कारोबार बढेर १५–२० अर्ब रुपैयाँ पुग्ने रौनियारको पुग्ने र सरकारले पाउने राजस्व पनि बढ्नेको उनको अनुमान छ।
हालै सरकारले पुँजीगत लाभकर बढाएर दीर्घकालीनका लागि ७.५ प्रतिशत र अल्पकालीनलाई १० प्रतिशत पुर्याएको छ। यसअघि दीर्घकालीनका लागि ५ प्रतिशत र अल्पकालीनका लागि ७.५ प्रतिशत थियो।
यसैगरी शेयर लगानीकर्ता रौनियारले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा निर्वाध रुपमा शेयर खरिद–बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि सेबोनलाई दिएका छन्। उनले अहिले विद्यमान ६ महिने व्यवस्था तत्काल हटाउन आवश्यक रहेको पनि उल्लेख गरेका छन्।
यस्ता छन् रौनियारको सुझाव














