IME Life New

कानूनसम्मत भन्सार जाँचपास प्रणालीको कार्यान्वयनप्रति महासंघको पूर्ण प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भन्सार विभागबाट हालै जारी परिपत्रमार्फत प्रचलित भन्सार कानूनबमोजिम नियुक्तिपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिलाई मात्र सम्बन्धित मालवस्तुको जाँचपास कार्यमा संलग्न गराउने तथा अन्य अनधिकृत व्यक्तिलाई जाँचपास कार्यमा संलग्न नगराउने गरी गरिएको निर्देशनलाई भन्सार एजेन्ट महासंघ नेपालले हार्दिक स्वगत गरेको छ ।

महासंघले विज्ञप्तीमा भनेको छ, ‘हाम्रो दृढ मान्यता छ—कानूनद्वारा अधिकारप्राप्त व्यक्ति र अनधिकृत व्यक्तिबीच स्पष्ट पहिचान कायम हुनु नै उत्तरदायी, पारदर्शी र व्यवस्थित भन्सार प्रशासनको आधार हो ।’

Esewa
Crest

विभागको यस निर्देशनले भन्सार जाँचपास प्रतिनिधिको वैधानिक पहिचान र जिम्मेवारीलाई स्पष्ट गर्नुका साथै अनधिकृत संलग्नता नियन्त्रण, पेशागत उत्तरदायित्व तथा सुशासन सुदृढीकरणतर्फ महत्वपूर्ण आधार निर्माण गरेको समेत उल्ल्लेख छ ।

यस सन्दर्भमा महासंघ तथा देशभरका इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिहरू आवश्यक आन्तरिक तयारीसहित प्रचलित भन्सार ऐन, नियमावली तथा विभागीय निर्देशनको पूर्ण पालना गर्दै कानूनले तोकेको जिम्मेवारी स्वयं निर्वाह गर्न प्रतिबद्ध र तयार रहेको विज्ञप्तीमा स्पष्ट पारेको छ ।

“कानूनको पूर्ण कार्यान्वयनसँगै व्यवहारमा प्राप्त हुने अनुभवले वर्तमान जाँचपास प्रणालीको कार्यक्षमता, व्यापार सहजीकरण, राजस्व प्रवाह तथा पेशागत संरचनाका व्यवहारिक पक्षहरू समेत वस्तुगत रूपमा उजागर गर्नेछ। कार्यान्वयनका क्रममा कुनै संरचनागत वा व्यवहारिक कठिनाइ देखिएमा महासंघले त्यसलाई कानूनको अवज्ञाको विषय नबनाई, तथ्य र अनुभवका आधारमा भन्सार विभाग तथा नेपाल सरकारसँग संस्थागत संवाद गरी आवश्यक नीतिगत तथा कानुनी समाधान खोज्नेछ । महासंघ कुनै पनि प्रकारको अनधिकृत प्रतिनिधित्व, इजाजतपत्रको दुरुपयोग वा गैरकानुनी अभ्यासको पक्षमा नरहेको पुनः स्पष्ट गर्दछ । हाम्रो उद्देश्य कुनै व्यक्ति वा समूहको प्रवेश वा बहिर्गमनको विषय होइन कानूनले जसलाई अधिकार, जिम्मेवारी र उत्तरदायित्व दिएको छ, भन्सार जाँचपास प्रणाली त्यही वैधानिक संरचनाबाट सञ्चालन होस् भन्ने हो । कानूनको पालना हाम्रो दायित्व होस् कार्यान्वयनको यथार्थबाट प्राप्त अनुभवलाई समयानुकूल कानुनी तथा नीतिगत सुधारको आधार बनाउनु साझा जिम्मेवारी हो ।”

भन्सार एजेन्ट महासंघ नेपाल राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण, पारदर्शिता, सुशासन तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा नेपाल सरकार र भन्सार प्रशासनको जिम्मेवार पेशागत साझेदारका रूपमा आवश्यक सहयोग गर्न सदैव प्रतिबद्ध रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS