IME Life New

निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात नियामकले तोकेभन्दा तेब्बर बढी, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२।८३ को असार मसान्तसम्ममा स्वीकृत गरेको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ।

प्राधिकरण बीमा प्रतिविम्बमार्फत १२ वटा निर्जीवन बीमकको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा ती निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.४४ रहेको छ। जुन प्राधिकरणले निर्जीवन बीमकका लागि तय गरेको सोल्भेन्सी अनुपातको तुलनामा तेब्बर बढी हो। प्राधिकरणले निर्जीवन बीमकका लागि सोल्भेन्सी अनुपात १.३ कायम गरेको छ।

Esewa
Crest

प्राधिकरण मूल्यांकन स्वीकृत गरिएका निर्जीवन बीमकको सोल्भेन्सी अनुपात न्यूनतम २.७३ देखि अधिकतम ५.८४ सम्म रहेको छ।

प्राधिकरणका अनुसार बीमांकी मूल्यांकनका आधारमा सानिमा जिआईसी इन्स्योरेन्सको सोल्भेन्सी अनुपात सर्वाधिक ५.८४९ रहेको छ। यसैगरी दोस्रो अधिक प्रभु इन्स्योरेन्सको ५.४८१ रहेको छ।

सबैभन्दा न्यून सोल्भेन्सी अनुपात २.७३ ओरियन्टल इन्स्योरेन्सको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS