काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशितसार्वजनिक गरेको छ। संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा वृद्धि भएको छ।
यस समीक्षा अवधिमा लघुवित्तले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा १८१.३६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा लघुवित्तले १८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १३ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले बढेको हो ।
यस अवधिमा लद्दुवित्तको कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा १३४.२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २ लाख हजार रुपैयाँ रिभर्स छ।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तको ६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।
समीक्षा अवधिमा प्रति शयर आम्दानी ३४ रुपैयाँ ७१ पैसा बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा रहेको छ।












