काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ८२ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । कलंगा हाइड्रोका लगानीकर्ताले ४ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का यकाईधनीले ४ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।













