काठमाडौं । आज नेप्सेमा दुई म्युचुअल फन्डको इकाई सूचीकृत भएको छ । नेप्सेमा एलएस होराइनज १२ र सानिमा इक्विटी फण्ड २ को इकाई सूचीकृत भएको हो ।
नेप्सेमा सामूहिक लगानी कोष इकाई एलएस होराइनज १२ को सूचीकृत भएको छ । आज साउन २० गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (योजना व्यवस्थापक) बीच प्रति इकाई अंकित तथा चुक्ता मूल्य रु.१० कायम भएको १५,००,००,००० इकाई धितोपत्र सामूहिक लगानी कोष इकाई एलएस होराइनज १२ को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी सनराईज क्यापिटल लिमिटेड मार्फत् १५,००,००,००० इकाई धितोपत्रको खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १५,००,००,००० इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जमा एलएस होराइनज १२को दोस्रो बजार कारोबार भोलि साउन २१ गते देखी शुरु हुनेछ ।
त्यस्तै, नेप्सेमा सामूहिक लगानी कोष इकाई सानिमा इक्विटी फण्ड २ को इकाई सूचीकृत भएको छ । आज साउन २० गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सानिमा क्यापिटल लिमिटेड (योजना व्यवस्थापक) बीच प्रति इकाई अंकित तथा चुक्ता मूल्य रु.१० कायम भएको १२,५०,००,००० इकाई धितोपत्र सामूहिक लगानी कोष इकाई सानिमा इक्विटी फण्ड २ को सूचीकरण गर्ने सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत् १२,५०,००,००० इकाई धितोपत्रको खुल्ला विक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००,००० इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा सानिमा इक्विटी फण्ड २ को दोस्रो बजार कारोवार भोलि साउन २१ गते देखी शुरु हुनेछ ।












