IME Life New

सस्तो मात्रै नभई सही छनोटतर्फ नेपाली उपभोक्ताको आकर्षणः सीजी डिजिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली उपभोक्ताको घरायसी विद्युतीय सामग्री खरिद गर्ने सोचमा पछिल्ला वर्षहरूमा उल्लेखनीय परिवर्तन देखिएको छ। पहिले मुख्य रूपमा सस्तो मूल्यलाई प्राथमिकता दिने उपभोक्ताले अहिले उत्पादनको गुणस्तर, ऊर्जा दक्षता, वारेन्टी, बिक्रीपछिको सेवा र आफ्नै आवश्यकताअनुसारको उपयुक्त विकल्पलाई बढी महत्त्व दिन थालेका छन्।

यस परिवर्तनसँगै विभिन्न ब्रान्डका उत्पादन एउटै स्थानमा तुलना गरेर खरिद गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा रहेको छ। ग्राहकले अब टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनरलगायतका विद्युतीय सामग्री खरिद गर्दा मूल्य मात्र नभई क्षमता, डिजाइन, प्रविधि, सञ्चालन खर्च र दीर्घकालीन सेवासमेत मूल्याङ्कन गर्ने गरेका छन्।

Esewa
Crest

यसै सन्दर्भमा CG Digital ले देशभर सञ्चालन गरिरहेका २८ वटा शोरूममार्फत ग्राहकलाई विभिन्न ब्रान्डका उत्पादन एउटै स्थानमा अवलोकन, तुलना तथा आवश्यकताअनुसार परामर्श दिने व्यवस्था गरेको जनाएको छ। कम्पनीका अनुसार शोरूमहरू केवल बिक्री केन्द्र नभई उपयुक्त उत्पादन छनोट गर्न सहयोग गर्ने परामर्श केन्द्रका रूपमा पनि विकसित भइरहेका छन्।

CG Digital मा LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, CG Meridia, Black+Decker, Goodmans, Burly, Nothing, Motorola र Ai+ लगायतका ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, मोबाइल तथा अन्य घरायसी विद्युतीय उपकरण उपलब्ध छन्।

कम्पनीले ग्राहकको परिवारको आकार, दैनिक प्रयोग, उपलब्ध स्थान, ऊर्जा खपत र भविष्यको आवश्यकतालाई आधार बनाएर उत्पादन छनोटमा परामर्श दिने गरेको जनाएको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई केवल कम मूल्यको सामानभन्दा दीर्घकालीन रूपमा उपयोगी र किफायती उत्पादन छनोट गर्न सहयोग पुर्‍याउँछ।

CG Digital तथा CG Electronics ले उत्पादन दर्ता, सेवा अनुरोध, सेवा केन्द्र खोजी तथा मर्मत अवस्थाबारे जानकारी प्राप्त गर्न सकिने सेवा पनि उपलब्ध गराएको जनाएको छ। लागू सर्तअनुसार वारेन्टी अवधिभित्र आधिकारिक सेवा केन्द्रमार्फत मर्मत सेवा प्रदान गरिने व्यवस्था रहेको कम्पनीको भनाइ छ।

बजार विश्लेषकहरूका अनुसार नेपाली इलेक्ट्रोनिक्स बजार अहिले मूल्यको प्रतिस्पर्धाबाट गुणस्तर, ग्राहक अनुभव र बिक्रीपछिको सेवामा आधारित प्रतिस्पर्धातर्फ क्रमशः अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS