काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।












