काठमाडौं । तीन वाणिज्य बैंकले पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेका छन्।
ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसआईबी बैंकले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन आउन आग्रह गरेका हुन्। ग्लोबल आइएमई बैंकले लिन बाँकी आर्थिक वर्ष २०६६।६७ देखि २०७६।७७ सम्म ५ वर्षको नगद लाभांश बुझिलिन आउन आग्रह गरेको छ। यसका लागि शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
यसैगरी सानिमा बैंकले ५ वर्षको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको छ। यसका लागि शेयर रजिस्ट्रार सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
त्यस्तै नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०५२।५३ देखि २०७६।७७ सम्मको पारित नगद लाभांश लिन नआएका शेयरधनीहरुलाई बुझिलिन आउन सूचित गरेको छ। यसका लागि शेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाडौं कमलादीस्थित कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
यो सूचना प्रकाशित भएपछि पनि नगद लाभांश लिन नआएको खण्डमा सोबापतको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकहरुले जनाएका छन्।












