काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.१५ अंकले घटेर १६६३.१८ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.३१ प्रतिशतले घटेको छ।
आज बजारमा ५८ कम्पनीको शेयरभाउ बढ्दा २१४ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार खानीखोला हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













