काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४५ लाख १४ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ४५ लाख १४ हजार ३८१.६० कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८२।८२ मा शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ नगद लाभांश वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।












