IME Life New

एनएमबि बैंकद्वारा आ.व २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलोपटक खुद नाफा रु. ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४०.६ प्रतिशतले वृद्धि भई रु.४.०१ अर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले रु.२.८५ अर्ब नाफा कमाएको थियो ।

Esewa
Crest

यस अवधिमा बैंकको कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ ।

खुद ब्याज आम्दानीः प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर रु. ९.४२ अर्ब पुगेको छ ।

शुल्क तथा कमिसन आम्दानीः डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर रु. २.८३ अर्ब पुगेको छ ।

खुद ट्रेडिङ आम्दानीः ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.० प्रतिशतले वृद्धि भई रु.६८१.४२ मिलियन पुगेको छ ।

प्रतिफल दरहरूः पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमशः ११.५८ प्रतिशत र १.०४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS