IME Life New

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम साढे ४ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजारमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १ दशमलव २० अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ११ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ४० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS