काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन सोमबार सामान्य घटेको छ। नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.४९ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक ०.९३ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १२६ कम्पनीको शेयरभाउ बढ्दा १४१ कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएक १० कम्पनी













