काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२ /८३ को असार महिनासम्ममा कुल २ खर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ करोड १८ लाख ५० हजार ३९१ वटा बीमा पोलिसी विबक्री गरी २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५३ अर्ब ६८ करोड कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २४ अर्ब ६८ करोड कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा २१ अर्ब २३ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले यस अवधिमा १८ अर्ब ५६ करोड कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १२ अर्ब ९०करोड कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १० अर्ब ४३ करोड कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।
सिटिजन लाइफले ९ अर्ब १६ करोड कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लायफले ७ अर्ब ५४ करोड कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ६ अर्ब ८६ करोड कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ४ अर्ब ६३ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।












