IME Life New

रहेनन् कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छोटो समयमै आठ हजार मिटर अग्ला विश्वका सबै १४ वटा हिमाल आरोहण लगायतको विश्व कीर्तिमान कायम गरेका नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । यो पर्वतारोहणमा सहभागि उनीसँगै अन्य पाँच नेपालीको पनि निधन भएको पुष्टी नेपाल प्रहरी प्रधान कार्यालयले गरेको छ।

गत बिहीबार पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परेर उनको निधन भएको पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार अपरान्ह सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

Esewa
Crest

गत बिहीबार हिम पहिरोमा परी बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । उनीहरूमध्ये ४ जनाको शव भने शुक्रबार फेला परेको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्नतिर हिमपहिरो जाँदा आरोहण दलका सबै सम्पर्कविहीन भएका थिए। उनीहरूमध्ये पुर बहादुर गुरूङ (युक्ता)  र निमा शेर्पाको शव शुक्रबार फेला परेको थियो । नेपाल प्रहरीका अनुसार, आरोहण दलमा सहभागि नेपाली पर्वतरोही किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पाको पनि निधन भएको छ।

सन् २०१९ मा छोटो अवधिमै ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिआमान कायम गरेका थिए । उनको नाममा ८ हजार मिटर भन्दा अग्ला विश्वका ५७ पटक हिमाल आरोहणको कीर्तिमानी समेत छ।

बेलायती सैनिक रहेका उनी नेपालमा सगरमाथा आरोहणका लागि आएका बेला यहाँको हिमालले लोभ्याएपछि सैनिको जागिर छोडेर यतै रमाए र उनी साहसिक पर्यटन प्रवर्द्धनमा लागे। उनले विश्वभरबाट हिमाल आरोहणका लागि विदेशी पर्यटकहरू नेपाल भित्र्याउने र नेपालकाे हिमश्रृंखलाहरूको आरोहण गराउने कार्यको नेतृत्व गर्दै आएका थिए ।

४३ वर्षकै उमेरमा साहसिक पर्वतारोहणमा थुप्रै कीर्तिमान कायम राख्न सफल निर्मल पुर्जा सन् २५ जुलाइ १९८३ मा म्याग्दी जिल्लामा जन्मिएका थिए। पछि उनको बाल्यकाल चितवनमा बितेको थियो । विपन्न आर्थिक पृष्ठभूमीबाट आएका निर्मलको बुवा बेलायती गोरखा सैनिकमा रहेकाले उनी पछि आफ्ना फाैजी बाबुसँगै बेलायत प्रवासमा रहे र उनको शिक्षादिक्षा उतै भयो । उनको शिक्षादिक्षाका लागि बेलायती सैनिकमा रहेका तीनजना दाजुले सहयोग गरेका थिए । सन् २००३ मा बेलायती गोरखा सैनिकमा भर्ती भएका उनी पछि बेलायतकै अति कठिन मानिने सैनिक सेवा स्पेशल बोट सर्भिसमा रहे र सन् २०१८ मा उनले सैन्य सेवाबाट अवकाश रोजेर पूर्णतः पर्वतारोहणमा आफूलाइ समर्पित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS