काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ । लगातार घटिरहेको बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको हो । आज नेप्से परिसूचक १२ दशमलव ९६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३७ कम्पनीको ८८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी भ्यालु फन्ड २ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।












