काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । शुभम पावरका लगानीकर्ताले २ दशमलव १५ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानकिर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।












