IME Life New

सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । संस्थाको संस्थापक समूहका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको ९,६५४ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिए अनुसार संस्थाले तोकिएको समयभित्र शेयर खरिुदका लागि आवेदन नपरेपछि संस्थाले सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

उक्त निवेदन नेपाल राष्ट्र बैंकको निर्देशन तथा अन्य प्रचलित कानूनको अधिनमा रही विक्री गर्न प्रकृया अगाडि बढाउन यस वित्तीय संस्थाको सञ्चालक समितिबाट निर्णय भएकोले संस्थाका संस्थापक शेयरधनीलाई नै उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना जारी गरी शेयर बिक्री गरेकोमा उक्त शेयर सो समयभित्र विक्री नभएपछि सर्वसाधारणमा विक्री खुला गरेको हो ।

Esewa
Crest

ईच्छुक जो कोही व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले१५ दिन भित्र कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट ५, नवलपरासीमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS