IME Life New

यी स्क्यामबाट बचौँ, वित्तीय नोक्सानीबाट जोगियौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ‘स्क्याम’ भनेको नजान्नेलाई झुक्याएर र जान्नेलाई लोभ्याएर वा थर्काएर कसैको पैसा, सम्पत्ति, सामान वा व्यक्तिगत जानकारी लिने गैरकानुनी काम हो। स्क्यामरले विभिन्न माध्यम सामाजिक सञ्जाल, ई-मेल, एसएमएस, वेबसाइट, फोन वा स्वयं उपस्थित भएर सम्पर्क स्थापित गरी वित्तीय ठगी गर्छन्।

नेपाल राष्ट्र बैंकले आज एउटा सचेतनामूलक सूचना जारी गर्दै स्क्यामका बारेमा सचेत रहन आग्रह गरेको छ। ‘शंका लागेमा वित्तीय कारोबार गर्न रोकियौँ’, राष्ट्र बैंकले भनेको छ, ‘आधिकारिकता जाँचौँ, आवश्यक परेमा साइबर ब्युरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराऔँ।’

Esewa
Crest

यस्ता छन् स्क्याम

  • नचाहिएको पैसा, लट्री, उपहार, सम्पत्ति वा रकम हस्तान्तरण स्क्यामः यस बहानामा अग्रिम कर, शुल्क वा पैसा, खाता नम्बर वा अन्य वित्तीय विवरण माग गर्ने।
  • लगानी स्क्यामः अपत्यारिलो लगानी, धेरै नाफा र जोखिम छैन भनी झुटो आश्वासन दिएर पैसा हाल्न लगाउने, ठूलो रकम भएपछि हराउने।
  • जागिर स्क्यामः नक्कली जागिरको प्रस्ताव दिएर दर्ता शुल्क वा अन्य रकम लिने, आपराधिक रकम ओसारपसार गर्न लगाउने।
  • व्यापार स्क्यामः विभिन्न वस्तु तथा सेवामा लोभ्याउने स्किम देखाएर पैसा उठाउने, कारोबार गरेको संस्थाभन्दा फरक व्यक्तिको खातामा पैसा पठाउन लगाउने।
  • रोमान्स स्क्यामः सामाजिक सञ्जालमा जोडिएर प्रेम सम्बन्धको बहानामा पैसा माग्ने वा वित्तीय सूचना चोर्ने।
  • परिचित भेष धारण गरी गरिने स्क्यामः विभिन्न निकायका कर्मचारी, साथीभाइ, आफन्त वा चिनेको व्यक्ति हुँ भन्दै तुरुन्तै गलत खातामा पेमेन्ट गर्न लगाउने वा सूचना चोरी गर्ने।
  • स्वयं उपस्थित भएर गरिने स्क्यामः पसलमा नक्कली क्यूआर राखिदिने, मोबाइलमा पेमेन्ट नै नगरी पेमेन्ट भएको मेसेज देखाउने, विभिन्न नियमनकारी निकायको जस्तो भेषमा तुरुन्तै त्यस्तो निकायभन्दा फरक खातामा पैसा पठाउन लगाउने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS