IME Life New

करदातालाई प्रोत्साहन कार्यक्रमः हरेक दिन लखपति, बम्परमा मासिक २ जनालाई रु. १० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने कार्यक्रम सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गर्दै यस्तो कार्यक्रम सार्वजनिक गरेको हो। बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयन गर्न सरकारले कार्यविधि जारी गरेको हो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदैछ।

Esewa
Crest

मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक यो योजनामा सरिक हुन पाउनेछन्।

ब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाइँलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रुपमा) लखपति योजनाको घोषणा गरिनेछ।

यो कार्यक्रमअन्तर्गत हरेक दिनका विजेतालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार दिइनेछ भने पाक्षीक विजेता २ जनालाई १० लाख रुपैयाँ दिइनेछ।

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS