काठमाडौं । आज नेप्से परिसूचक ४१ दशमलव ७० अंकले बढेर २,७१९ को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले १४ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । श्रीनगर एग्रिटेकका लगानीकर्ताले १० दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।













