IME Life New

शेयर बजारमा ४१ अंकको वृद्धि, २३९ कम्पनीको मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ७० अंकले बढेर २,७१९ को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४३ कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको२० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले १४ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । श्रीनगर एग्रिटेकका लगानीकर्ताले १० दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS