IME Life New

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ ।

ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिदै, ग्राहकहरू आफैँले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन । साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ ।

Esewa
Crest

देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ्ग सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने एनएमबि बैंकको प्रयासमा यो एउटा ठुलो कदम हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS