IME Life New

कामना सेवा विकास बैंकः मुख्य सूचकहरुमा आकर्षक प्रगति, लाभांश क्षमता १५% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आज गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले अधिकांश मुख्य वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।

वित्तीय विवरणअनुसार बैंकले समीक्षा वर्षमा ८९ करोड ४१ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २०८१।८२ मा बैंकले ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा ३३.५१ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकले १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि ३२.८७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले १५.१६ प्रतिशत लाभांश क्षमता बनाएको छ।

चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ६० करोड ११ लाख रुपैयाँ र जगेडामा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको रिटेन्ड अर्निङमा ५८ करोड ७५ लाख रुपैयाँ र जगेडामा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र जगेडा दुवैको आकार बढेको छ।

गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेको छ। यसले व्यापारमा बैंकले प्रगति गरिरहेको देखिन्छ।

समीक्षा वर्षमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.७५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको ईपीएस १९.०८ रुपैयाँ थियो।

बैंकको पीई रेसियो २०.८४ गुणा र प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS