IME Life New

एभरेष्ट कलरको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट कलरको शेयर आज शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आएको छ।

एभरेष्ट कलरको आइपीओ हिजो बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनी आजबाट कारोबारमा आएको हो।

Esewa
Crest

पहिलो कारोबारका लागि नेप्सेले एभरेष्ट कलरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको थियो। जसअनुसार आज स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर प्रतिकित्ता २९६.६० रुपैयाँमा किनबेच भएको छ। कारोबार संकेत भने यस कम्पनीले ‘ईसीएल’ रहेको छ।

नेप्सेमा एभरेष्ट कलरको १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ७ लाख ९० हजार कित्ता (२६.३३ प्रतिशत) र संस्थापकको २२ लाख १० हजार कित्ता (७३.६७ प्रतिशत) रहेको छ।

एभरेष्ट कलरले गत जेठ २२ गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने असार ४ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS