काठमाडौं । नेपाल सरकारले साउन १ गतेदेखि सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको र अत्यावश्यक मानिने शिक्षामा कर थपेको छ।
सरकारी शिक्षण संस्थामा गुणस्तरिय पढाइ नहुँदा बाध्य भएर निजी क्षेत्रको विद्यालयमा छोराछोरी भर्ना गर्न बाध्य दैनिक मजदुरी गरेर बाँच्ने अभिभावक समेतले थप ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।
दैनिक उपभोग नगरी नहुने विद्यूतको खपतवापत उपभोक्ताले ५० यूनिट भन्दा बढीमा खपत गरेमा अहिलेको करमा थप ५ प्रतिशत करको भार खेप्नुपर्ने भएको छ।
यसबाहेक सरकारी अस्पतालमा चिकित्सकको अभाव र उपकरणको अभावका कारण बाध्य भएर निजी स्वास्थ्य संस्थाहरुमा उपचार गराउन जाने बिरामीले समेत अब उपचार खर्चमा थप ३ प्रतिशत कर तिर्नुपर्नेछ।
सर्वसाधारणले दीर्घकालीन सुरक्षित लगानी र भविष्यका लागि भनेर जोडेको सुन चाँदी वा यसका गहना बिक्री गर्दा लागि रहेको करमा ०.५ प्रतिशतले थप कर तिर्नुपर्नेछ।
काठमाडाैं लगायतका ठूला शहरमा सार्वजनिक यातायात कष्टकर हुँदा मोटरसाइकल लगायतको साना भाडाका सवारी साधनको सहारामा यात्रा गर्ने उपभोक्ताहरूले अब यस्तो सेवामा पनि कर तिर्नुपर्ने भएको छ। सरकारले साउन १ गतेदेखि राईडिङ शेयरिङमा थप ५ प्रतिशत सेवा शुल्क लागू गरेको छ ।












