IME Life New

सुरक्षण मुद्रण केन्द्रले छाप्यो २७ लाख थान सवारी चालक लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत लामो समयदेखि छपाइ तथा वितरण हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रले २७ लाख थान बाँकी लाइसेन्स छपाइको काम सफलतापूर्वक सम्पन्न गरेको विवरण सार्वजनिक गरेको छ।

Esewa
Crest

सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको दुई चरणको सम्झौता बमोजिम यो छपाइ कार्य सम्पन्न भएको हो । पहिलो चरणको सम्झौता २०८२ साल कार्तिक १२ गते र दोस्रो चरणको सम्झौता २०८३ साल वैशाख ४ गते भएको थियो । यी सम्झौताहरू अन्तर्गत छपाइ हुन बाँकी रहेका सम्पूर्ण २७ लाख थान सवारी चालक अनुमतिपत्रको छपाइ कार्य बिहीबार सम्पन्न भएको मुद्रण केन्द्रले जनाएको छ।

प्रेस विज्ञप्तिका अनुसार, २४ घण्टाभित्रै छपाइ कार्य सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिँदै आएकोछ।  दैनिक रूपमा ट्रायल उत्तीर्ण गरी राजस्व बुझाएका तथा नवीकरण गरेका आवेदकहरूको तथ्याङ्क प्राप्त हुनासाथ हरेक दिन करिब ३ देखि ५ हजार थान सवारी चालक अनुमतिपत्र छपाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS