IME Life New

शेयर र घरजग्गाको कारोबारमा भोलिबाट लागू हुँदै नयाँ पुँजीगत लाभकर, यस्ता छन् करका दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि साउन १ गतेबाट शेयर र घरजग्गाको कारोबारमा नयाँ पुँजीगत लाभकर लागू हुँदैछ।

आर्थिक वर्ष २०८३।८४को बजेटमार्फत परिवर्तन गरिएका करका दर भोलि शुक्रबारदेखि लागू हुने भएको हो्। अब शेयर कारोबारमा १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि पुँजीगत लाभकर ७.५ प्रतिशत र ५ प्रतिशत थियो। अब शेयर किनेर एक वर्ष होल्ड गरेर बेच्नेले ७.५ प्रतिशत र शेयर किनेर एक वर्षभित्रै बेच्ने १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।

Esewa
Crest

सरकारले बजेटमार्फत शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढाएको छ। यो नै अन्तिम हुने घोषणा बजेटमा गरिएको छ।

यसैगरी घरजग्गाको स्वामित्व ५ वर्ष वा सोभन्दा बढी कायम भएको सम्पत्ति बिक्रीबाट कमाएको नाफाबाट ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ। हाल यस्तो पुँजीगत लाभकर ५ प्रतिशत छ।

बजेटमार्फत ५ वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाएर १० प्रतिशत पुर्याइएको छ। हाल ७.५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS