काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ५० अंकले बढेर २,५९७ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फन्डका इकाईधनीले कमाएका छन् । आज यसका यकाईधनीले १४ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १४ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले १४ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।













