काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङमा जूनियर असिस्टेन्ट टु सिनियर असिस्टेन्टका लागि, मार्केटिङमै जूनियर अफिसरका लागि, सिभिल इन्जिनियर क्लेममा अफिसर टु डेपुटी म्यानेजरका लागि, मेडी हेल्थ क्लेममा जूनियर अफिसर टु सिनियर अफिसरका लागि, एक्चुअरियल एनालिस्टमा सिनियर असिस्टेन्टका लागि र इन्फरमेसन टेक्नोलोजीमा जूनियर असिस्टेन्टका लागि र ब्रान्डिङमा सिनियर असिस्टेन्ट टु जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङका लागि उपत्यकाभित्रका विभिन्न शाखा तथा उपत्यका बाहिरका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो भने अन्य पाँच पदका लागि भने हेड अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।













