IME Life New

व्यक्तिगत मुद्दति निक्षेपः वाणिज्य बैंकहरुको औसत ब्याजदर ४% भन्दा तल, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले साउनमा लागू हुने ब्याजदरको सूचना आज प्रकाशित गरेका छन्।

सूचनाअनुसार २० वटा वाणिज्य बैंकको औसत व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। वाणिज्य बैंकहरुको औसत ब्याजदर ३.९० प्रतिशतमा आएको हो।

Esewa
Crest

साउनका लागि सबैभन्दा कम ब्याज दिनेमा कुमारी बैंक रहेको छ भने सबैभन्दा धेरै नबिल बैंक र प्रभु बैंकले दिने भएका छन्। कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ३.५५ प्रतिशत ब्याज दिँदा नबिल र प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएका छन्।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपमा सिटिजन्स बैंकले अधिकतम ३.९५ प्रतिशत, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रि वाणिज्य बैंकले ४ प्रतिशत तथा एभेष्ट बैंक र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

त्यस्तै व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत तथा नेपाल बैंकले ४.२५ प्रतिशत, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र सानिमा बैंकले ४.५० प्रतिशत ब्याज दिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS