IME Life New

बैंकहरुमा रु. १ करोड माथिको शेयर धितो कर्जाको माग धेरै, अन्य रेन्जको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा १ करोड रुपैयाँ माथिको शेयर धितो कर्जाको माग धेरै देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना (साउन–जेठ)सम्मले तथ्यांकले यस्तो देखाएको हो। त्यसपछि बैंकहरुबाट २५ लाख रुपैयाँदेखि ५० रुपैयाँको शेयर धितो कर्जा धेरै प्रवाह भएको देखिन्छ।

Esewa
Crest

तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म बैंकहरुबाट १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को जेठसम्म बैंकहरुबाट १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट शेयर धितो कर्जा २६.५८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब १६ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष जेठसम्म यो रेन्जको कर्जा ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ३२.०७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९ अर्ब १४ करोड ६६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष जेठसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ३० करोड २ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ गएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २१.०१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १३.४६ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने ४.६८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS